फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साझा सिन्धु घोषणापत्र जारी गर्दै राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न

(GMT+08:00) 2019-01-01 14:27:56

सिन्धुपाल्चोकमा जारी राष्ट्रिय जलवायु सम्मेलन आज समापन भएको छ। मेलम्ची नगरपालिका-९, गुफाडाँडामा आयोजित उक्त सम्मेलन साझा सिन्धु घोषणा पत्र जारी गर्दै समापन भएको नेपाल खबर अनलाइनले लेखेको छ।

आयोजकका अनुसार सम्मेलनमा आज मंगलबार विज्ञहरूले ११ वटा कार्यपत्र प्रस्तुत गरेका छन्। हिजो सोमबार ११ वटा कार्यपत्रमाथि छलफल भएको थियो। सम्मेलनमा ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञ सहभागी थिए।

विश्वै लागि चुनौती बनेको जलवायु परिवर्तनको मुद्दा स्थानीय तहदेखि नै सशक्त ढंगले उठाउँदै त्यसको नकारात्मक असर कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित छ।

  

जानकारी तथा लेखहरु