फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी सम्मेलनका अवसरमा प्रम ओलीको अभिनन्दन गरिने

(GMT+08:00) 2019-01-02 16:38:10

इलाम नगरपालिकाले यही पुस २० गते गर्न लागेको लगानी सम्मेलनको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिक अभिनन्दन गरिनेभएको छ। ओलीले राष्ट्र निर्माणका लागि नागरिकको हितमा गरेका कार्यको उचित कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

यसैबीच, लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने सम्मेलनमा प्रस्तुत गरिने लगानीका क्षेत्र, सम्भावनालाई अन्तिम रूप दिन लागिएको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो।

नगरपालिकाले जिल्लामा उत्पादन हुने कृषि उत्पादन र कच्चा सामग्रीलाई जिल्लाभित्रै प्रशोधन गर्ने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागेको हो। आन्तरिक पुँजी परिचालन तथा निजी क्षेत्र र बाह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना गर्न लगानी सम्मेलन गरेका हौँ, नगरप्रमुख बस्नेतले भन्नुभयो। विदेशिने श्रमशक्तिलाई जिल्लाको उत्पादनमा आत्मनिर्भर गराई औद्योगिक कोरिडोरका रूपमा इलामलाई आर्थिक समृद्धिको बाटोमा लैजाने मुख्य

लक्ष्य छ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रूपमा पहिचान गरेको छ। कृषितर्फ चिया, अदुवा, अलैँची, दूध, जडीबुटीलगायतका क्षेत्रमा दातालाई सम्भावना देखाइनेछ।

लगानीकर्ताका लागि ठूला–साना उद्योगधन्दा स्थापना गराउन बाटो, बिजुली, व्यवसाय दर्ता, कर, कानुनी बाधा अड्चनजस्ता विषयमा सहुलियत र छुटको व्यवस्था गर्न नगरपालिका तयार रहेको जनाइएको

छ। सम्मेलनमा बैङ्क, वित्तीय संस्था तथा बीमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी– व्यवसायीलगायतको सहभागिता रहनेछ।

 

जानकारी तथा लेखहरु