फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले काठमाडौँमा अत्याधुनिक ढल प्रशोधन केन्द्र बनाउने

(GMT+08:00) 2019-01-04 14:10:10

चिनियाँ कम्पनीले निर्माण गर्ने ढल प्रशोधन केन्द्रको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ। गत बुधबार प्रधानमन्त्री ओलीले ललितपुरको बालकुमारीमा ढल प्रशोधन केन्द्र परियोजनाको शुभारम्भ गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

निर्देशनालयले बालकुमारीसहित उपत्यकाका अन्य ५ स्थानमा केन्द्र निर्माणको काम सुरु गर्न लागेको हो। निर्देशनालयका अनुसार बालकुमारीमा निर्माण हुने प्रशोधन केन्द्र धोबीघाट, सल्लाघारी, गुह्येश्वरीको भन्दा अत्याधुनिक र वातावरणमैत्री हुनेछ। कुल ६० करोड ७५ लाख लागतमा बन्न लागेको केन्द्रको निर्माण चिनियाँ कम्पनी साफबन वाटर सर्भिस (होल्डिङ) गर्दै छ।

योजनाको अवधि ०७४ वैशाखदेखि ३० महिना ०७६ कात्तिकसम्म छ। प्रधानमन्त्री ओलीले जुनसुकै काम पनि आत्मविश्वासका साथ अघि बढेमा परिवर्तन ल्याउन गाह्रो नभएको बताउनुभयो। 'केन्द्र ५ वर्षपछि नेपालीले सञ्चालनमा ल्याउँछौ,' उहाँले भन्नुभयो, 'विदेशीको मात्र नभई नेपाली सीपको पनि विकास गर्न जुरुरी छ।'

सम्झौता अनुसार निर्माण सम्पन्न भएको ५ वर्षसम्म चिनियाँ कम्पनीले नै सञ्चालन तथा मर्मत गर्नेछ। उपत्यकामा बन्न लागेको गुह्येश्वरी बाहेक अन्य केन्द्र निर्माण सम्पन्नपछि सम्बन्धित ठेकेदारले ५ वर्षसम्म सञ्चालन तथा मर्मत गरिने सम्झौतामा उल्लेख छ।

निर्देशनालयका अनुसार प्रशोधन क्षमता प्रतिदिन १ करोड ७५ लाख लिटर, प्रतिसेकेन्ड २ सय २ लिटरको छ। दुर्गन्ध न्यूनीकरण इकाई जडित हुने केन्द्रले गठ्ठाघर, मनोहरा, बालकुमारीलगायतका क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ८० हजार जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले केन्द्रमा फोहोर पानी प्रशोधन गर्न स्वचालित नियन्त्रण गर्न मिल्ने आधुनिक मेसिन जडित हुने बताउनुभयो।

उहाँले प्रशोधित पानी सफाइ र सिँचाइका लागि पनि प्रयोग गर्न सकिने बताउनुभयो। 'केन्द्रबाट उत्पादन हुने ऊर्जाले केन्द्र सञ्चालन गर्न आवश्यक ऊर्जाको आंशिक आपूर्ति गर्नेछ,' उहाँले भन्नुभयो, 'मल कृषिमा प्रयोग गर्न सकिनेछ।'

जानकारी तथा लेखहरु