फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना पहिल्यै निर्माण सकिने

(GMT+08:00) 2019-01-06 14:35:36

चीन सरकारको सहयोगमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयभन्दा ६ महिना अगाडि सम्पन्न गर्ने गरी तयारी भइरहेको नेपाल खबर अनलाइनले लेखेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदानमा २१ अर्ब ६० करोड रुपैयाँमा निमार्ण भइरहेको छ। यो आयोजनाका लागि आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ८० करोड बजेट विनियोजन भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाले एरफिलको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ। एरफिल अन्तर्गत धावनमार्ग, पार्किङ वे, ट्याक्सी वे लगाएतका अन्य निर्माण कार्य वि.स. २०७६ असार अर्थात् सन २०१९ जुनभित्र सम्पन्न गर्ने आयोजना प्रमुख बिनेस मुनाकर्मीले बताउनुभयो।

विमानस्थलका लागि आवश्य पार्किङ वे निमार्ण कार्य पुस महिनाभित्र सम्पन्न हुने प्रमुख मुनाकर्मीले जानकारी दिए। सो पार्किङ वेमा आन्तर्राष्ट्रिय उडान गर्ने एयरबस २२०/ बोइङ ७५७ विमान ३ वटा, आन्तरिक उडान गर्ने ४ वटा एटिआर ७२ र ४ वटा ट्वीनटर गरी ११ वटा विमान अटाउने छन्। त्यसैगरी धावनमार्ग र ट्याक्सी वे निमार्ण कार्यसमेत चैत अर्थात सन् २०१९ अप्रिल महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

त्यस्तैगरी विमानस्थलका लागि अवश्यक टर्मिनल भवन र ह्यांगरका सन्दर्भमा भने जग खनेर कंक्रिड हाल्ने काम भइरको छ। यी लगायत विमानस्थलमा उडान गर्नका लागि अवश्यक बत्ती जडानको काम समेत सन् २०२० भित्र सम्पन्न हुने आयोजना प्रमुख मुनाकर्मीले बताउनुभयो। योजना अनुरुप निर्माण कार्य अगाडि बढेका तोकिएको अवधिभन्दा ६ महिना अघि सम्पन्न हुने छ। विमानस्थल निमार्णका लागि चिनियाँ कम्पनी सीएमसी इन्जिनियरिङलाई ४ वर्ष अर्थात् सन २०२१ जुलाई १० सम्मको समय अवधि दिइएको थियो।

चिनियाँ कम्पनीले ६ महिना अगाडि काम सम्पन्न गरेमा बाँकी रहेको समयमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अवश्यक इमिग्रेसन, कस्टम लगायतको तयारी गर्न सकिने छ। साथै वायुसेवा कम्पनी, विमानमा आवश्यक तेल लगाएतका काम सम्पन्न गर्नका लागि समेत समय बचत हुने हुने बताइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग २५ सय मिटर लामो र ४५ मिटर चौडा, १० हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, १२ सय मिटरको प्यारेलल ट्याक्सी वे निर्माण हुनेछ। त्यस्तै पाँच हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवनहरु निर्माण हुनेछन्। विमानस्थल पूर्व रुपमा तयार हुदा ४ वटा बोर्डिङ कक्ष, आदा दर्जनभन्दा बढी विमान राख्न सकिने गरी पार्किङ वे तयार हुनेछन्।

त्यस्तैगरी ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिनेछन्। विमानस्थल निमार्णका लागि भनी ३ हजार ६ सय २७ रोपनी जग्गा अधिग्रहण गरिएको छ। थप ५९ रोपनी अधिग्रहण प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ।

 

जानकारी तथा लेखहरु