फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको तरकारीमा विषादीको प्रयोग कम हुँदै

(GMT+08:00) 2019-01-07 13:56:53

तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको सरकारी परीक्षणले देखाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले पाँच वर्षयता परीक्षण गरिएका तरकारीबारे तयार पारेको प्रतिवेदनअनुसार विषादीको प्रयोग क्रमश: घट्दो छ । प्रतिवेदनअनुसार २०७१ असार महिनामा १ सय ८७ तरकारीको परीक्षण गर्दा ३२ वटामा विषादी भेटिएको थियो । यो वर्ष ७ सय ७५ परीक्षणमा दुई वटामा विषादी भेटिएको छ । गत वर्ष १ हजार ८ सय ५० परीक्षणमा ४ वटामा मात्रै विषादी भेटिएको थियो ।

यही तथ्यांकका आधारमा अहिले क्रमश: विषादी घटदै गएको उल्लेख छ । 'विषादीले उपभोक्ताभन्दा किसानलाई बढी असर पार्ने हुँदा उनीहरू सचेत भएका छन्,' प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले भन्नुभयो।

जानकारहरूका अनुसार अधिक विषादी प्रयोग भएको तरकारी खाएपछि टाउको दुख्ने, बान्ता हुने, वाकवाकी लाग्ने, हात कम्पन हुनेदेखि बेहोस हुन सक्छ । दीर्घकालीन रूपमा क्यान्सर, लुलो लंगडो, गर्भ तुहिने, कलेजोमा असर, एलर्जीसमेत हुन सक्छ । 'विषादी भनेको विष नै हो, यसले किरालाई मात्रै नभई मान्छेलाई पनि मार्छ,' राजभण्डारीले भन्नुभयो । उहाँका अनुसार विषादीको मात्रै ३५ प्रशितत इनिमेसन रेटभन्दा बढी हुनु हुँदैन।

भारतबाट आयातित तरकारी पनि विषादी भेटिएको थियो। भुटान, चीन, थाइल्यान्ड, होल्यान्डबाट भित्रिएको तरकारीमा भने समस्या नभएको ईकान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु