फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु

(GMT+08:00) 2019-01-07 13:58:29
बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु गरिएको छ। एघार सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन शुरु भएको हो। लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिनुभयो।

यहाँ कति प्रजातिका वनस्पति छन् भन्ने विषयमा अध्ययन जरुरी छ,उहाँले भन्नुभयो, "अध्ययनपछि बुद्धकालीन वनस्पतिका बारेमा समेत थाहा हुनेछ।" लुम्बिनीमा वृहत वृक्षरोपण (फलफूलका बिरुवा) अभियान शुरु भएकाले यहाँ हाल रहेका फलफूल तथा वनस्पतिको अवस्था, लुम्बिनीको माटोमा हुर्किन सक्ने फलफूल तथा रुख बिरुवाका साथै तीनको संरक्षणका उपाय वनस्पति विज्ञले पत्ता लगाउने गोरखापत्र अनलाइनले जनाएको छ।

लुम्बिनीमा अहिले १५० प्रजातिका वनस्पति पाइने वनस्पति शाखा अधिकृत सब्बिर खाँन बताउनुहुन्छ। हालसम्म लुम्बनीमा १२ प्रजातिका बुद्धकालीन समयका बिरुवा वनस्पति विज्ञ अच्युत तिवारी जानकारी दिनुहुन्छ।यहाँ बुद्धकालीन समयका महत्वपूर्ण वनस्पति भेटिएका छन्। यहाँ रुख बिरुवा हुर्काउनका साथै जलचर प्राणीको वासस्थान विस्तार गर्न विकास कोष क्षेत्रभित्र १० वटा ठूला पोखरीको निर्माण समेत शुरु भएको छ।

हाल रहेका वनस्पतिको संरक्षण गर्दै थप कति प्रजातीका वनस्पति हुर्किन सक्छन् भन्ने विषयमा विज्ञहरुले अध्ययन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ। लुम्बिनीमा हाल २२२ प्रजातिका चरा पाइन्छन्।

जानकारी तथा लेखहरु