फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत होउ यान छीद्वारा नेपालकी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

(GMT+08:00) 2019-01-08 13:41:41

नेपालका लागि नयाँ चिनियाँ राजदूत होउ यान छीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उहाँले राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो। चीनसँगै सोमबार नै प्रजातान्त्रिक गणतन्त्र कोरिया, साउदी अरब र स्वीडेनका राजदूतहरुले पनि राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो। समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको अनलाइनखबरले जनाएको छ।

जानकारी तथा लेखहरु