फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवनियुक्त चिनियाँ राजदूत होउ यान छी कार्यक्रमहरूमा सहभागी

(GMT+08:00) 2019-01-08 13:44:26

एक साता अघि मात्र काठमाडौं पुगेकी नयाँ चिनियाँ राजदूत होउ यानछी गैरराजनीतिक भेटवार्ता र स्वागत कार्यक्रमा सहभागी हुन थाल्नुभएको छ।

गत साता, २९ डिसेम्बरमा काठमाडौं पुगेकी राजदूत होउले आइतबार नै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई पत्र बुझाएर काम सुरु गर्नुभएको थियो।

काठमाडौंमा राजनीतिक भेटवार्ता सुरु गर्नुअघि उहाँ विभिन्न संघसंस्थाले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनुभयो। यसै क्रममा आइतबार साँझ चीन अध्ययन केन्द्रले आयोजना गरेको स्वागत रात्रीभोजमा राजदूत होउ सहभागी हुनुभयो।

'चीनकी नयाँ राजदूत होउको सम्मानमा चीन अध्ययन केन्द्रका साथीहरूले रात्रीभोज आयोजना गरेका हुन्', केन्द्रका महासचिव उपेन्द्र गौतमले भन्नुभयो, 'होउ निकै जीवन्त र अन्तरक्रियात्मक रुपमा प्रस्तुत हुनुभयो र नेपाल–चीन सहयोग सम्बन्ध विकास गर्न प्रतिवद्ध देखिनुहुन्थ्यो।'

नेपालखबर अनलाइनका अनुसार चीन अध्ययन केन्द्र चीनका सीआइसीआइआर लगायतका थिंकट्याङ्कसँगको सहकार्यमा नेपाल–चीन सम्बन्धमाथि अध्ययन अनुसन्धान गर्ने संस्था हो। मदन रेग्मी अध्यक्ष रहेको केन्द्रमा पूर्व राजदूत र चीन अध्ययनमा चासो राख्ने बौद्धिकहरू सहभागी छन्। केन्द्रले नेपाल–चीन सम्बन्धका विभिन्न आयाम र चीनको विदेश नीति सम्बन्धी पुस्तकहरू पनि प्रकाशित गर्दै आएको छ।

जानकारी तथा लेखहरु