फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा कृषि र ग्रामीण क्षेत्रको विकास प्राथमिकतामा

(GMT+08:00) 2019-01-11 15:48:14

हालै सम्पन्न भएको चिनियाँ केन्द्रीय ग्रामीण कार्य बैठकमा चालू वर्ष र आगामी वर्ष चीनको कृषि, ग्रामीण क्षेत्र, किसान गरी तीनवटा क्षेत्रमा पूरा हुनुप‍र्ने कार्यमाथि ध्यान दिइएको छ। चीन सरकारका अधिकारीहरू र कृषि क्षेत्रका विशेषज्ञहरूको विचारमा उक्त बैठकले चीनले कृषि र ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा बनाउने गरेको छ। त्यसैगरी स्वदेशी तथा विदेशी वातावरणको परिवर्तन बमोजिम ग्रामीण क्षेत्रको सुधार तथा विकासका लागि नयाँ माग प्रस्तुत गरेको, चीनलाई कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरण साकार तुल्याउने क्रममा नयाँ पाइला चढ्न अगाडि बढाउने निर्णय पनि गरेको छ।

सन् 2019 मा चीनले सम्पन्न समाज पूरा हुने पहिलो एक सय लक्ष्यका लागि प्रयास गर्ने महत्वपूर्ण वर्ष हो। हाल पैचिङमा सम्पन्न भएको केन्द्रीय ग्रामीण कार्य बैठकमा चीनले कृषि र ग्रामीण क्षेत्रको प्राथमिक विकासलाई कायम राख्ने, ग्रामीण क्षेत्रको पुनरुत्थान रणनीतिलाई गहिरो रुपमा कार्यान्वयन गर्ने कुरा प्रस्तुत गरिएको छ। चीनका कृषि तथा ग्रामीण मन्त्री हान छाङ फुले चीनको कृषि तथा ग्रामीण विभागका निर्देशकको स‍म्मेलनमा सन् 2019 मा गरिबी निवारणको महत्वपूर्ण कार्य प्रस्तुत गर्नुभयो। हानले भन्नुभयो

"नीति, नियम र योजनाको तर्जुमामा सक्रियताका साथ संलग्न हुनुपर्ने छ। तिब्बत स्वायत्त प्रदेश, युन नान, स छ्वान, छिङ हाई, कान सु गरी चार प्रान्तका तिब्बती प्रशासनिक क्षेत्रहरू, सिन्च्याङ युगुर स्वायत्त प्रदेशको दक्षिणी भागका चार क्षेत्र, स छ्वान प्रान्तको ल्याङ शान क्षेत्र, युन नान प्रान्तको नू च्याङ क्षेत्र, कान सु प्रान्तको लिन स्या क्षेत्रलगायतका अति गरिब क्षेत्रहरू र विशेष गरिबी समूहको गरिबी निवारण कार्य गरिने छ।"

उक्त बैठकका अनुसार, चालू वर्ष र आगामी वर्षमा "कृषि, ग्रामीण क्षेत्र, किसान" गरी तीन क्षेत्रका महत्वपूर्ण कार्यमा पनि फोहोर र ढल प्रशोधन, शौचालय क्रान्ति, गाउँको मुहारको सुधार समावेश छन्। साथै खाद्यान्न सुरक्षा र महत्वपूर्ण कृषि उपजको आपूर्तिको प्रत्याभूति गरिने छ। ग्रामीण क्षेत्रको आधारभूत प्रबन्धको निर्माण गति प्रदान गरिने छ।

भविष्यमा गरिब सर्वसाधारणको खाना खान र लुगा लगाउन चिन्ता नहुने, अनिवार्य शिक्षा, आधारभूत चिकित्सा, आबासको प्रत्याभूति गरिने छ। चिनियाँ कृषि विश्वविद्यालयका प्राध्यापक छन छेन हङले भन्नुभयो

"हालको अवस्थाबाट हे‍र्दा खाना खान र लुगा लगाउन चिन्ता नहुने समस्या आधारभूत रुपमा समाधान गरिएको छ। हाल विरामी भएका कारण गरिब बनेको समस्या टड्कारो समस्या भएको छ। सरकारले केही गरिब समूहलाई अतिरिक्त वाणिज्य चिकित्सा बिमा किन्नसक्छ त?"

चिनियाँ केन्द्रीय ग्रामीण कार्य बैठकको योजनाअनुसार, चीनले "कृषि, ग्रामीण क्षेत्र, किसान" गरी तीन क्षेत्रका कार्य राम्रोसँग गर्ने क्रममा किसानको भूमिका निर्वाह गर्नुपर्ने छ। चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत ग्रामीण विकास अनुसन्धानालयका विशेषज्ञ ताङ को यिङले भन्नुभयो

"किसान कृषि अर्थतन्त्रको मुख्य शक्ति हुन्। हामीले किसानको मुख्य भूमिकामा महत्व दिन्छौं। किसानले उनीहरूको श्रेष्ठ भूमिका निर्वाह गर्नुपर्ने छन्। यो कृषि अर्थतन्त्रको कार्यकुशल्ता बढ्ने माग हो।"

चीनको किसान समस्या अनुसन्धानालयका प्रमुख चु छि चनको विचारमा चिनियाँ केन्द्रीय ग्रामीण कार्य बैठकले नयाँ परिस्थितिमा ग्रामीण क्षेत्रको सुधार तथा विकासबारे चीनको नयाँ माग देखाएको, सकारात्मक संकेत रिलीज गरेको छ।

जानकारी तथा लेखहरु