फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाभोस मञ्चमा अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी नहुने

(GMT+08:00) 2019-01-11 16:00:33
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो जनवरी १० तारिखका दिन स्वीट्जरल्याण्डको दाभोसमा आयोजित विश्व आर्थिक सम्मेलनको वार्षिक मञ्चमा सहभागी हुने योजना रद्द गर्नुभएको छ।

सिन्व्हा समाचार समितिका अनुसार ट्रम्पले सोही दिनमा अनलाइनमार्फत् यस्तो निर्णय सार्वजनिक गर्नुभएको हो। अमेरिकी कांग्रेसको डेमोक्रेटिक पार्टीले सीमा सुरक्षा मामिलामा सम्झौता नगर्ने र संरक्षणवादको मामिला अमेरिकाको लागि धेरै महत्वपूर्ण भएकाले सो आर्थिक सम्मेलनमा सहभागी हुने योजना रद्द गरेको उहाँले व्यक्त गर्नुभयो।

सन् २०१९ विश्व आर्थिक सम्मेलनको वार्षिक मञ्च जनवरी २२ तारिखदेखि २५ तारिखसम्म स्विट्जरल्याण्डको दाभोसमा आयोजित हुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु