फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्तमान चीन बौद्धिक सम्पदा अधिकारको विचारप्रति सचेत

(GMT+08:00) 2019-01-11 17:09:48

हाल चीनका विभिन्न ठाउँका बौद्धिक सम्पदा अधिकार ब्यूरोका प्रमुखहरूले पैचिङमा भेला भई सन् 2018 को कार्यको निचोड निकाल्नुका साथै अझ राम्रोसँग वैज्ञानिक-प्राविधिक सिर्जनशीलता र अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नका लागि यस वर्षको बौद्धिक सम्पदा अधिकारको संरक्षण कार्यको बन्दोबस्त मिलाएका छन्।

सुधार र खुलापन लागू भएको 40 वर्षमा विशेषत: सन् 2008 राष्ट्रिय बौद्धिक सम्पदा अधिकार सम्बन्धी रणनीतिक कार्यक्रम लागू भएयता चीनले पेटेन्ट ऐन, मार्का ऐन र ग्रन्थ अधिकार ऐन लगायतका अनेकन् कानुनी नियम संशोधन गरेर बौद्धिक सम्पदा अधिकार सम्बन्धी पेशागत अदालतको स्थापना गरेपछि बौद्धिक सम्पदा अधिकारको मिलिजुली शक्ति र संरक्षण शक्ति दुवैलाई स्पष्टसँग माथि उकासेको देखिन्छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विविध ठाउँमा बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई मजबुत पार्ने कुरामा जोड दिनुका साथै जुन सम्पदा अधिकारको संरक्षण व्यवस्थालाई पूर्णता दिलाउने क्रममा रहेको सबैभन्दा महत्वपूर्ण विषय नै हो भन्ने कुरा औँल्याउनुभएको छ।

बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्नु वास्तवमा सिर्जनशीलताको संरक्षण गर्नु नै हो भन्ने विचारधारा हाल चिनियाँमाझ गहन रुपमा फैलिएको छ। झन् झन् बढी चिनियाँ व्यवसायहरूले बौद्धिक सम्पदा अधिकारको अनुभवको सदुपयोग गरी अन्तर्राष्ट्रिय बजारको विस्तार गर्दै आएका छन्। यति धेरै चिनियाँ व्यवसायहरू विदेशमा गएको सिलसिलामा विदेशी सरकारले चिनियाँ व्यवसाय सम्बन्धी बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पार्नसक्ने आशा पनि चीनले गरेको छ।

जानकारी तथा लेखहरु