फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले उत्पादन उद्योग व्यवसायमा खुलापन थप्ने

(GMT+08:00) 2019-01-11 18:27:34

चीनका उद्योग तथा सूचना मन्त्री म्याउ युले हालै पैचिङमा बोल्दै चीनले उत्पादन उद्योगको विकाससित सम्बन्धित वातावरणमा सुधार गर्ने, उत्पादन उद्योगको कर घटाएर विदेश निर्यातको खुलापन नीतिलाई बिस्तार गर्ने र चीनको उत्पादन उद्योगको उच्च गुणस्तरका लागि परिवर्तन गर्ने जस्ता तीन वटा मुख्य सार्वजनिक गर्नुभएको छ।

चीनको बजार ठूलो भएकाले उत्पादन उद्योग व्यवसायको प्रणाली पूर्ण सुधार तथा सिर्जनाशक्ति बलियो भएको पनि मन्त्री म्याउले बताउनुभयो। चीनमा आधारभूत प्रबन्ध सुविधा हुनुका साथै व्यापारिक वातावरण राम्रो भएकोले बाहिरबाट देखिएका चुनौतीको समाधान गर्न चीन सक्षम रहेको पनि उहाँले बताउनुभयो।

मोबाइल सञ्चारको आधारभूत प्रबन्ध चीनको आर्थिक समाजको विकासका लागि धेरै महत्वपूर्ण भएको भन्दै मन्त्री म्याउले एउटा मुख्य बलियो शक्ति रहेको 5G को वैज्ञानिक नयाँ सञ्चारको आधारभूत प्रबन्ध निर्माण गर्नुपर्ने र समाजको डाटा अर्थतन्त्र तथा विभिन्न व्यवसायको स्तरवृद्धिको बलियो शक्ति बनाउनुपर्ने पनि औंल्याउनुभयो।

जानकारी तथा लेखहरु