फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा 19 औँ केन्द्रीय अनुशासन निरीक्षण समितिको तेस्रो पूर्ण सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2019-01-11 19:13:13

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले 11 तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ केन्द्रीय अनुशासन निरीक्षण समितिको तेस्रो पूर्ण सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको निर्देशन बमोजिम चारवटा विचारलाई दृढ पारेको, चारवटा आत्म विश्वासलाई सुदृढ पारेको र दुईवटा संरक्षणलाई कायम राखेको पूर्वाधारमा पार्टीको राजनीतिक निर्माणको प्रारुपभित्र सम्पूर्ण रुपमा पार्टीको निर्माण प्रक्रियालाई अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको छ।

साथै उहाँले पार्टी र देशको अनुगमन प्रणालीको सुधार गरी पार्टीको 19 औँ महाधिवेशनको विचारधारालाई व्यवहारमा उतारेर जन गणतन्त्र चीन स्थापनाको 70 औँ वार्षिकोत्सवको स्वागत गर्ने कुरा पनि औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु