फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ अ-४ को कार्यभार सफलताका साथ सम्पन्न

(GMT+08:00) 2019-01-12 14:42:24

छाङ अ-४ अवतरण यन्त्र र युथु-२ गस्ती यन्त्र एकले अर्कालाई सुचारु रुपमा फोटो खिच्नुका साथै सर्वेक्षण डाटालाई प्रभावकारी रुपमा डाउन्लोड गरिएको र परियोजनाको निर्धारित लक्ष्य पूरा गरिएको कुरा छाङ अ-४को कार्यभार सफलताका साथ सम्पन्न भएको प्रतीक नै हो। जुन मानव जातिको इतिहासमा आन्तरिक्ष यन्त्रले चन्द्रमा पछाडि हल्का अवतरण र गस्ती सर्वेक्षण गरेको पहिलो पटक हो। त्यसबाट मानव जातिका लागि अन्तरिक्षको सर्वेक्षण गर्ने नयाँ अध्याय पनि खोलिएको छ। आगामी दिनहरूमा चिनियाँ र विदेशी वैज्ञानिकहरूले सँगै मिलेर त्यसको सम्बद्ध अनुसन्धान कार्य गर्नेछन्।

पछि चन्द्रमा र मंगलको सर्वेक्षण कार्यभार तथा अन्य अन्तरिक्ष परियोजनामा चिनियाँ अन्तरिक्षले झन् विस्तृत र खुलस्त रुपमा अझ बढी अन्तर्राष्ट्रिय सहकार्य बढाउने जानकारी पनि चीनको राष्ट्रिय प्रतिरक्षा अन्तर्गत वैज्ञानिक परियोजना ब्युरोका उप प्रमुख ऊ येन ह्वाले दिनुभएको छ।

जानकारी तथा लेखहरु