फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानका राष्ट्रपति र राष्ट्रिय संरक्षण परामर्शदातासँगको भेटवार्ता

(GMT+08:00) 2019-01-12 16:43:03

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राजनैतिक विभागका स्थायी सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत राजनीतिक र कानूनी समितिका सचिव को सङ खुनले जनवरी ११ तारिख पैचिङमा अफ्गानिस्तानका राष्ट्रपति तथा राष्ट्रिय संरक्षण सल्लाहकार हामदुल्लाह मोहिबसँग भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भेटमा बोल्दै कोले शाङहाई सहयोग संगठनको छिङ्ताउ शिखर सम्मेलनमा सहभागि भएको अवधिमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अफ्गानिस्तानका राष्ट्रपति अश्रफ घानीसँग भेट-वार्ता गर्नुभएको र सो भेटमा सीले चीन-अफ्गानिस्तान सम्बन्धको विकासलाई नयाँ दिशा दिएको सुनाउनुभयो। अफ्गानिस्तानसँग मिलेर आतंकवादको प्रतिरोध गर्ने, सीमा क्षेत्रको सुरक्षा गर्ने र संगठन वा मानवीय सहायता लगायत सहकार्यहरूलाई अझ बढी गहन बनाउन चिनियाँ संरक्षण विभाग इच्छुक रहेको पनि कोले व्यक्त गर्नुभयो।

त्यस्तै अफ्गानिस्तानले आतंकवाद प्रतिरोधमा चीनसँगको सहकार्यलाई गहन पार्न इच्छा देखाएको सल्लाहकार मोहिबले बताउनुभयो।

जानकारी तथा लेखहरु