फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक वृद्धि दर आगामी दिनमा अझै उच्चस्तरमा कायम राख्ने

(GMT+08:00) 2019-01-12 17:07:59
विश्व बैंकका पूर्व मुख्य आर्थिक विद्वान् एवम् पैचिङ विश्वविद्यालयका प्रोफेसर लिन यी फूले हालै न्यूयोर्कमा सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर मोटामोटी 6.5% रहने सम्भावना औंल्याउँदै विश्वआर्थिक वृद्धिका लागि योगदान दर 30% पुग्ने बताउनुभएको छ।

जनवरी १० तारिख न्यूयोर्कमा आयोजित "२०१९ चीनको आर्थिक विकास" विषयक मञ्चमा प्रोफेसर लिनले हालसम्म चीनले उद्योग व्यवसाय कर घटाएको तथा प्रशासनिक अनुमोदनको प्रणाली सुविधाजनक बनाउने लगायत नीति लागू गरी सक्रियरूपमा लगानी प्रवर्द्धन गर्नुका अलावा व्यापारिक वातावरणलाई सुदृढ बनाउने कुरा व्यक्त गर्नुभयो। यस बाहेक चीनले स्वतन्त्र व्यापार क्षेत्रको निर्माणलाई विस्तार गरेकाले विदेशी लगानीकर्ताहरूसामु धेरै अवसरहरू दिलाएको पनि उहाँले बताउनुभयो।

चीनले निरन्तर रूपमा उद्योगको स्तरवृद्धि, परिस्थितिजन्य वातावरणमा सुधार तथा आधारभूत प्रबन्धको निर्माणमा नयाँ प्रगति तथा शहरको निर्माणमा आधुनिकीकरण जस्ता उपायहरू प्रयोग गरी आर्थिक विकासका अवरोधहरूलाई घटाउनसक्ने र आर्थिक वृद्धिका लागि पनि सक्रिय हुनसक्ने पनि प्रोफेसर लिनले बताउनुभयो।

जानकारी तथा लेखहरु