फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"थाइवान बन्धु पत्र" प्रकाशनको ४०औं वर्ष समारोह अमेरिकामा

(GMT+08:00) 2019-01-12 18:09:29

अमेरिकाको स्थानीय समयअनुसार हिजो जनवरीको ११तारिखका दिन अमेरिकास्थित चिनियाँ राजदूतावासमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले "थाइवान देशवन्धुतर्फको पत्र" प्रकाशित भएको ४०औं सम्मेलनमा दिनुभएको सम्बोधनबारेको वैचारिक आदान-प्रदान बैठक आयोजित भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले जनाएको समाचार छ।

अमेरिकाका लागि चिनियाँ राजदूत छ्वै थ्यान खाइले सो बैठकमा सहभागी भई एउटा सम्बोधन दिनुभयो। गएको ४० वर्षअघि प्रकाशित"थाइवान बन्धुतर्फको पत्र"ले चीनबाट थाइवानतर्फको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको थियो र पत्र प्रकाशित भएपछि चीनको थाइवानसँगको सम्बन्धमा ऐतिहासिक नयाँ मोड शुरू भएको पनि उहाँले व्यक्त गर्नुभयो।

चीन र अमेरिका दौत्य सम्बन्ध स्थापनाको ४० वर्षमा चीनको थाइवानसित सम्बन्धित मामिला यी दुई मुलुकबीचको सम्बन्धका लागि सबैभन्दा महत्वपूर्ण, संवेदनशील र मुख्य रहेको कुरा छ्वैले भन्नुभयो। "एक चीन"नीतिको संरक्षण गर्ने आधारमा चीनको शान्तिपूर्ण एकीकरण कार्यमा प्रयास गर्नुपर्ने पनि राजदूत छ्वैले बताउनुभयो।

जानकारी तथा लेखहरु