फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विद्युतीय गाडी उद्योगको द्रूत विकास

(GMT+08:00) 2019-01-13 15:26:00
चीनको उद्योग तथा सूचनामन्त्री म्याउ वैले जनवरी १२ तारिखका दिन बोल्दै हाल चीनको गाडी उद्योगको गुणस्तर उच्च बनाउने, कार्यक्षमता वृद्धि गर्ने, उत्पादनको उपाय परिवर्तन र स्तरवृद्धि गर्ने महत्वपूर्ण अवधिमा रहेको बताउनुभएको छ।

अहिले चीनको गाडी उत्पादन उद्योग विभिन्न पक्षको प्रभावमा परी गाडीको बजारको व्यापारिक मात्रा कमजोर भए तापनि आगामी लामो समयसम्म चीनको गाडी उद्योगको विकासमा केही परिवर्तन नगर्ने कुरा चीनको विद्युतीय गाडी उद्योगको विकासको गति द्रूत हुने सम्भावना रहेको औंल्याउनुभयो।

१२ तारिखका दिन चीनको विजुली गाडी उद्योग सयौं व्यक्तिको सम्मेलनमा मन्त्री म्याउले चीनमा विजुली गाडीको उत्पादन मात्रा निरन्तररूपमा विस्तार हुनुपर्ने बताउनुभयो।

सन् २०१८ मा चीनको विजुली गाडीको उत्पादन मात्रा १२ लाख ७० हजार पुगेको तथा बिक्री मात्रा १२ लाख ५६ हजार पुगेकोले यो संख्या तत वर्षको तुलनामा बेग्लाबेग्लैरूपमा 59.9% र 61.7%ले वृद्धि भएको कुरा पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु