फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिस शहरमा बम विस्फोटनमा परी ३ जनाको मृत्यु

(GMT+08:00) 2019-01-13 15:48:11
स्थानीय समयअनुसार जनवरी १२ तारिखका दिन पेरिस शहरस्थित एउटा रोटी पसलमा बम विस्फोटन भएको छ। अहिलेसम्म सो बम विस्फोटनमा परी २ जना अग्नि नियन्त्रक र १ जना स्पेनिश पर्यटक गरी ३ जनाको मृत्यु भएको छ। साथै ४७ जना घाइते भएका छन्। तीमध्ये १० जना गम्भीर घाइते भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले जनाएको छ।

बिहान ९ बजेतिर पेरिसका २ जना अग्नि नियन्त्रकले पेरिसको रेमी हेज नामक सडकमा रहेको एउटा पसलभित्र ग्याँससम्बन्धित समस्या निरीक्षण गरिरहेको बेला अचानक विस्फोटन भएको थियो। विस्फोटनको असर सडकमा पनि परेको थियो। पसल पुरै ध्वस्त भएको छ भने रेमी हेज सडक छेउका भवनका झ्याल पनि भत्किएका छन् भने भीषण आगलागी पनि भएको छ।

जानकारी तथा लेखहरु