फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पल्लो शान सी प्रान्तमा एउटा कोइलाखानी दुर्घटनामा १९ जनाको मृत्यु

(GMT+08:00) 2019-01-13 16:14:13

जनवरी १२ तारिखका दिन चीनको पल्लो शान सी प्रान्तको सन मु नामक शहरमा रहेको एउटा कोइलाखानीमा दुर्घटना हुँदा २१ जनाको खानीमा थुनिएका छन्। ती मध्ये १९ जनाको मृत्यु भएको छ भने बाँकी २ जनाको उद्धार गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

दुर्घटनालगत्तै सन मु शहर सरकारले एउटा उद्धार कार्ययोजना बनाएको छ। सन मु शहरको माइन क्षेत्रीय उद्धार टोली र राष्ट्रिय श्रोत ग्रुप अन्तर्गत उद्धार टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। पल्लो शान सी प्रान्तका उद्धार विभागका अधिकारी पनि सो दुर्घटनास्थलमा पुगेका छन्।

हाल उद्धार, दुर्घटनापछिको व्यवस्थापन र अनुगमनको कार्य पूर्ण रूपमा शुरू भएको समाचारमा जनाइएको छ।

जानकारी तथा लेखहरु