फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चरणको सुधार र खुलापनमार्फत आर्थिक वृद्धिको नयाँ क्षमतालाई हुर्काउने प्रक्रियालाई शीघ्र पारिने

(GMT+08:00) 2019-01-13 18:40:15

चीनको राज्य परिषद् अन्तर्गत विकास अनुसन्धान केन्द्रका प्रमुख ली वैले 12 तारिख विकासको नयाँ पूर्वाधारमा एउटा नयाँ व्यवस्था प्रणालीद्वारा कार्य-कुशलतालाई पूर्णता दिलाएर नयाँ चरणको सुधार र खुलापनमार्फत आर्थिक वृद्धिको नयाँ क्षमतालाई हुर्काउने प्रक्रियालाई शीघ्र पार्ने जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

दशौं चीनको अर्थतन्त्रको पूर्वानुमान मञ्च 12 तारिख पैचिङमा आयोजना गरियो। प्रमुख वैले सो मञ्चलाई सम्बोधन गर्दै हाल अन्तर्राष्ट्रिय र देशभित्रको आर्थिक परिस्थिति गहन र जटिल रुपमा परिवर्तित भइरहेको कुरा बताउनुभएको छ। आर्थिक परिस्थिति जसरी परिवर्तित भए तापनि आर्थिक वृद्धिको मुख्य उद्देश्य यथावत् रुपमा उत्पादित कार्य-कुशलतालाई माथि उकासिनु नै हो।

बितेका चालीस वर्षको सुधार र खुलापन भएयता चीनको मिलिजुली प्रभावकारी शक्ति पहिलेभन्दा निकै ठूलो मात्रामा सबल र सुधार हुँदै आएको कुरा पनि प्रमुख वैले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु