फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 हङ्गकङ्गको अपराध दरमा कमी

(GMT+08:00) 2019-01-13 19:04:31

हङ्गकङ्ग प्रहरी समूहको 175 औँ वार्षिकोत्सवको प्रदर्शनी अर्थात् प्रहरी र जनता सँगै खुसीयाली दिवसको कार्यक्रम 12 तारिख शुरु भएको छ। हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक लीन चङ युए अले कार्यक्रमलाई सम्बोधन गर्दै सन् 2018मा हङ्गकङ्गको अपराध दरले पुन: नयाँ न्यूनताको रेकर्ड सिर्जना गरेको कुरा निकै प्रेरणात्मक भएको औँल्याउनुभएको छ। साथै उहाँले हङ्गकङ्ग प्रहरी समूहको सभ्यता र पेशागत धारणा आफूले धेरै वर्षयता बाह्य जगतका लागि हङ्गकङ्गको परिचय दिँदा प्रस्तुत गरेको एउटा नयाँ कार्ड नै भएको भन्दै प्रशंसा पनि गर्नुभएको छ।

मुख्य प्रशासक अका अनुसार, हङ्गकङ्ग प्रहरी समूह स्थापनाको 175 वर्षदेखि यता धेरै चुनौती देखापरेका छन्। गत 1844 अर्थात् स्थापनाको आरम्भमा करिब 171 जनाबाट गठित पङ्क्तिबाट बढेर अहिलेको 30 हजारभन्दा बढी सहित पेशागत अनुशासन फौजको रुपमा परिणत गरिएको देखिन्छ। सो प्रहरी समूहले हङ्गकङ्गलाई विश्वमा सबभन्दा सुरक्षित शहरमध्येको एक हो भन्ने कुरालाई सुनिश्चितता दिइरहेको छ।

जानकारी तथा लेखहरु