फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङस्थित नेपाली दूताबासमा नेपालसम्बन्धी फोटो प्रदर्शनी

(GMT+08:00) 2019-01-14 16:55:37

नेपालका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी गर्नु भएको छ। बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन आउनु भएका श्रेष्ठले यसरी फोटो प्रदर्शनी गर्नुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ। प्रदर्शनीमा तीन दर्जन तस्बीर समावेश गरिएको छ।

प्रदर्शनी अवलोकन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले यस्ता गतिविधिले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदर्शनमा रहेका तस्बीरहरू दूतावासमा रहने जानकारी दिँदै अन्यत्रसमेत प्रदर्शनी गरेर दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बताउनुभयो। सो क्रममा दुतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपाली तस्बीर प्रदर्शनी हुनु गौरवको कुरा भएको उल्लेख गर्नुभयो।

चीनमा श्रेष्ठको यो दोस्रो फोटो प्रदर्शनी हो। यसअघि गएको वैशाखमा पनि बेइजिङमै उहाँको फोटो प्रदर्शनी भएको थियो। प्रदर्शनीमा नेपालका ऐतिहासिक सम्पदा, पर्यटकीय स्थल, विभिन्न जातजातिका नृत्य तथा विशिष्ट व्यक्तिहरुको फोटो राखिएको छ।

फोटो प्रदर्शनीले चिनियाँ जनतालाई नेपाल र नेपाली संस्कृति बुझ्न सहयोग पु¥याएकाले नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको भ्रमण टोलीका संयोजक सन्तु महर्जन शर्माले बताउनुभयो।

जानकारी तथा लेखहरु