फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा स्वाइन फ्लुको संक्रमण, केही बिरामीको मृत्यु

(GMT+08:00) 2019-01-14 16:56:01

नेपालका विभिन्न जिल्लामा स्वाइन फ्लुको संक्रमण देखिएको छ। स्वाइन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानी काठमाडौंमा केही बिरामीको मृत्यु समेत भइसकेको चिकित्सकहरुले बताएका नेपाल खबर अनलाइनले लेखेको छ।

काठमाडौंको केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्युसमते भइसकेको चिकित्सकहरुको भनाइ छ। मृतकको नाम भने अस्पतालहरुले सार्वजनिक गरेका छैनन्।

विभिन्न अस्पतालमा दर्जनौको संख्यामा अहिले पनि स्वाइन फ्लुका बिरामी उपचार गराइरहेका छन्। काठमाडौं, रामेछाप, बारा लगायत जिल्लाबाट अस्पताल पुगेका विरामीका स्वाइन फ्लुको संक्रमण देखिएको शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताउनुभयो।

बिषेश गरी जाडो महिना र वर्षात्को समयमा स्वाइन फ्लुको संक्रमण वढी हुन्छ। स्वाइन फ्लुको संक्रमण वढेकाले सतर्कता अपनाउन चिकित्सकहरुले सुझाब दिएका छन्। केहीदिन यता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत उक्त भाइरस देखापरेको छ।

त्यस्ता विरामीलाई अस्पतालले टाइनी फ्लु भ्याक्सिन दिन शुरु गरेको छ। अहिले नैसो रोगले महामारीको रुप नलिएपनि सोही भाइरसबाट केही ब्यक्तिको मृत्यु भएकाले सतर्कता अपनाउनुपर्ने चिकित्सकहरुको भनाइ छ।

स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरका कारण फैलिने विश्वास गरिएको छ। स्वाइन फ्लू रोग फैलाउने मुख्यतया ४ प्रकारका भाइरस हुन्छन। जसमा स्वाइन फ्लू एच वन एन वन सबैभन्दा खतरनाक भाइरस हो।

स्वाइन फ्लु हुँदा भोक नलाग्ने, नाकबाट पातलो सिंगान बगिरहने,रुघा खोकी लाग्ने, टाउकोको दुख्ने, ज्वरो १०० वा सो भन्दा माथि आउने, कमजोरी हुने, श्वासप्रश्वासमा कठिनाइ हुने, बान्ता र झाडापखाला हुने लगायतका लक्षण देखिन्छ।

यसबाट बच्न धेरै मानिसको भिँडभाड नबस्ने, मास्क लगाएर हिँड्ने, हात नमिलाउने, अँगालो नमार्ने, रुघाखोकी लागेका मान्छेसँग टाढै रहने, साबुन पानीले हात धुने, संक्रमित क्षेत्र नजाने र जानुपर्दा उच्च सतर्कता अपनाउने गर्योभने स्वाइन फ्लुबाट बच्न सकिन्छ।

जानकारी तथा लेखहरु