फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो"भारत-मध्य एशिया"विदेशी मन्त्री स्तरीय वार्ता

(GMT+08:00) 2019-01-14 16:59:23

पहिलो"भारत-मध्य एशिया"विदेशी मन्त्री स्तरीय वार्ता हिजो जनवरी 13 तारिख उज्बेकिस्तानको दोस्रो ठूलो शहर सार्कर्कानमा आयोजना भएको छ। भारत,मध्य एशियाका पाँच मुलुक र आफ्गानिस्तानका विदेशी मन्त्रीहरुले सो वार्तामा भाग लिनुभएको छ। वार्तापछि सात मुलुकले संयुक्त वक्तव्य सार्वनजिक गर्दै निरन्तर सहयोगलाई मजबुत बनाउँदै यस क्षेत्रको दिगो विकासलाई साकार तुल्याउने जनाएका छन्।

मध्य एशियाका पाँच मुलुकमा कजाकस्तान,किर्गिस्तान,ताजिकिस्तान,उज्बेकिस्तान,तुर्कमेनिस्तान समेटिएका छन्। भारत र यी पाँच मुलुकका विदेशी मन्त्रीहरुले सबै किसिमका आतंकवादमाथि प्रहार गर्ने सहमति पनि गरेका छन्। विभिन्न पक्षले सहयोगलाई जजबुत बनाएबाट भारत र मध्य एशिया मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई गहन पार्ने विषयमा छलफल पनि भएको छ। भारत,मध्य एशियाका पाँच मुलुक र अफ्गानिस्तानका मन्त्रीबीचको वार्तामा भारत र मध्य एशियाका पाँच मुलुकका विदेशी मन्त्रीहरुले आफ्गानिस्तानको नेतृत्वमा रहेको शान्ति तथा मेलमिलाप प्रक्रियालाई समर्थन गर्दै पूर्वाधार प्रबन्धको निर्माण जस्तै परियोजनामा सहभागी भएर आफ्गानिस्तानको आर्थिक पुनःरुत्थानलाई प्रवर्द्धन गर्ने आशा गरेका छन्।

जानकारी तथा लेखहरु