फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत वर्ष चीनको विदेशी आयातनिर्यात रकमद्वारा नयाँ रेकर्ड

(GMT+08:00) 2019-01-14 16:59:44

चीनको भन्सार मुख्यालयले आज जनवरी 14 तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् 2018 मा चीनको विदेशी व्यापारको कूल आयात निर्यात रकम 305 खर्ब 10 अर्ब चिनियाँ युआन पुगेर नयाँ रेकर्ड सिर्जना गरेको छ। यसमध्ये निर्यात रकम 164 खर्ब 20 अर्ब चिनियाँ युआन रहेको छ। यो सन् 2017 को तुलनामा 7.1 प्रतिशतले बढेको छ। आयात रकम 140 खर्ब 90 अर्ब चिनियाँ युआन रहेको छ। यो पनि सन् 2017 को तुलनामा 12.9 प्रतिशतले बढेको हो। सो अवधिमा चीनको व्यापार नाफा भने 18.3 प्रतिशतले घटेको छ।

सन् 2018 मा चीनले बीआरआई सम्बन्धी तटवर्ती मुलुकका लागि सिर्जना गरेको व्यापारिक सहयोगात्मक संचिति शक्ति क्रमशः निर्वाह गरिरहेको छ। सम्बन्धित निर्यात आयात रकम 13.3 प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु