फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको "आमन्त्रण गर्दै बाहिरी भ्रमण"नीतिको ढोका खुल्ला

(GMT+08:00) 2019-01-14 17:00:16

सन् 2018 मा तिब्बत स्वायत्त प्रदेशले गठन गरेको तीन सदस्यीय राष्ट्रिय जन कंग्रेस तिब्बती प्रतिनिधि मण्डल र तिब्बत स्वायत्त प्रदेश जन कंग्रेसका तीनवटा स्व-व्यवस्थित समूहले तेह्र मुलुकको भ्रमण गर्नुका साथै पाँचवटा विदेशी संसद प्रतिनिधि मण्डलको स्वागत गरेका छन्। तिब्बतको"आमन्त्रण गर्दै बाहिर भ्रमण"नीतिको कार्यक्रम झन झन बढी खुल्ला बन्दै गएको छ। विदेशका लागि तिब्बतको खुलापन शक्ति लगातार बढिरहेको देखिन्छ।

सन् 2018 मा तिब्बत जन कंग्रेसको स्थायी समितिका उपप्रमुख सान तिङ्गत्व चि भा मुद छिङ्ग छ्यु जेनले एक महिला अवतारीको हैसियतले पहिलो पटक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल लगायत तिब्बत क्षेत्रसँग सम्बन्धी महत्वपूर्ण मुलुकको भ्रमण गर्नुभएको छ। भ्रमणका अवसरमा तिब्ब्ती प्रतिनिधिमण्डलले तिब्बतमा चीनको जातिय तथा धार्मिक नीतिको कार्यान्वयन अवस्थाको जानकारी दिएको छ। यसका अतिरिक्त नेपाली सांसदसँग मैत्रीपूर्ण आदानप्रदानलाई गहन पार्नका लागि तिब्बतले नेपालको संघीय संसदको प्रतिनिधि मण्डललाई तिब्बतको ल्हासा र लिन्चीको भ्रमणका लागि निमन्त्रणा गरेको छ। नेपाली प्रतिनिधि मण्डलले प्रत्यक्ष रुपमा तिब्बतको संस्कृति,शिक्षा,अर्थतन्त्रको आधुनिक विकासको अनुभव गर्न पाएको छ।

जानकारी तथा लेखहरु