फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी पत्रकारद्वारा सिन च्याङ इस्लामिक इन्स्टिच्युटको भ्रमण

(GMT+08:00) 2019-01-14 18:29:13

हाल चिनियाँ मिडिया ग्रुपद्वारा आयोजित सातौँ सिल्क रोडका शीघ्र चीन यात्रा कार्यक्रम सुरु भएको छ। टर्की, इजिप्ट, अफ्गानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका छवटा बेल्ट एन्ड रोड वरिपरि मुलुकका नामी पत्रकारले उरुमुचिमा पर्ने सिन च्याङ इस्लामिक इन्स्टिच्युट पुगेर चीनको धार्मिक स्वतन्त्र नीतिबारे प्रत्यक्ष बुझेका छन्।

चीनको इस्लामिक धर्म समितिका उपाध्यक्ष एवं सिन च्याङ इस्लामिक इन्स्टिच्युटका प्रमुख आपुतुर खफु थुमुनियाचले पत्रकारसँग कुराकानी गर्दै जानकारी दिनुभएअनुसार, चीन सरकारले नागरिकको धार्मिक स्वतन्त्रतालाई संविधानमा राखेर धार्मिक स्वतन्त्रताको संरक्षण गर्ने कानुन र नियम बनाएको छ जसको उद्देश्य धर्मावलम्बीको सामान्य धार्मिक कार्यक्रमको ऐनबमोजिम संरक्षण गर्ने हो।

पाकिस्तानी एफएम ९८ दोस्ती च्यानलका प्रस्तोता तासावार जमान बाबरले पश्चिमकी सञ्चारमाध्यमले चीनको जातीय तथा धार्मिक नीतिलाई गलत रुपमा प्रस्तुत गरेको बताउँदै सिन च्याङ इस्लामिक इन्स्टिच्युटमा आफैँ उपस्थित भएर हेर्दा ती भनाइहरुको कुनै पनि आधार नभएको विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु