फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवानसँग अन्य देशको कुनै किसिमको सैन्य सम्पर्कको चीनको कडा विरोध

(GMT+08:00) 2019-01-14 18:48:16

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले कुनै मुलुकले थाइवानलाई हतियार बेच्ने र कुनै मुलुकले थाइवानसँग कुनै किसिमको सैन्य सम्पर्क राख्ने कुराको चीनले कडा विरोध गरिरहेको बताउनुभएको छ।

आज जनवरी चौध तारिक पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचारका अनुसार, केही सैन्य उद्योगले थाइवानको पनडुब्बी कार्यक्रमलाई प्रविधि प्रदान गर्न अमेरिकाले स्वीकार गरेको छ र अमेरिका, युरोप, जापान, भारतलगायत धेरै उद्योगले उक्त कार्यक्रमा संलग्न हुने इच्छा देखाएका छन्। त्यसको प्रतिकृया दिँदै प्रवक्ता ह्वाले यस्तो गतिबिधिको संवेदनशीलता र हानिबारे स्पष्ट भएर एक चीनको नीतिमा अडिग रहन साथै थाइवानको पनडुब्बी कार्यक्रममा सं‍लग्न तथा थाइवानसँग कुनै किसिमको सैन्य सम्पर्क राख्ने कुनै पनि उद्योगलाई स्वीकार नगर्न चीनले अमेरिका तथा अन्य मुलुकलाई ताकिता गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु