फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा फिन्ल्याण्डका राष्ट्रपतिसँग भेट

(GMT+08:00) 2019-01-14 19:27:02

आज जनवरी चौध तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा फिनल्याण्डका राष्ट्रपति सौली निनिस्तोसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले केही वर्षयता दुई देशबीचको मुख्य विषय भविष्य उन्मुख नयाँ ढाँचाको सहयोगी साझेदारी सम्बन्धको स्थापना गर्ने र प्रवर्द्धन गर्ने रहेको बताउनुभयो। चीन र फिनल्याण्डबीच सहयोग र वार्ता बढाउँदै दुई देश र दुई देशका जनताको साझा हितसँग अनुकूल रहनुका साथै विश्वशान्ति, स्थिरता र समृद्धिको संरक्षण गर्न अरु सक्रिय शक्ति थपिने विचार राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो। फिनल्याण्डले चीनको वेल्ट एन्ड रोड इनिशिएटिभ कार्यक्रमलाई समर्थन गरेकोमा चीनले प्रशंसा गर्नुका साथै फिनल्याण्डसँग वेल्ट एन्ड रोड सहयोगलाई गहन पार्ने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।

प्रत्युत्तरमा निनिस्तोले चीनको विकास उपलब्धिमा फिनल्याण्डले उच्च मूल्याङ्कन गर्नुका साथै विश्व मामिलामा चीनको भूमिकामा निकै ध्यान दिएको विचार व्यक्त गर्नुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिन फिङको वेल्ट एन्ड रोड इनिशिएटिभ निकै महत्वपूर्ण भएको भन्दै यो इनिशिएटिभ र युरोप लिगसँग अझो राम्रोसँग मिल्न फिनल्याण्डले सक्रिय भूमिका निर्वाह गर्ने इच्छा लिएको बताउनुभयो।

वार्तापछि दुई नेता चीन-फिन्ल्याण्ड खेलकुद वर्ष 2019 को उद्घाटन समारोहमा उपस्थित हुनुभयो।

जानकारी तथा लेखहरु