फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2019 को चिनियाँ वित्तीय नीति सार्वजनिक

(GMT+08:00) 2019-01-15 16:59:28

चीनका सहायक वित्तीय मन्त्री शु हुङ्ग छाइले आज जनवरी 15 तारिख राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाउनुभएअनुसार सन् 2019 मा चीनले निरन्तर रुपमा सकारात्मक वित्तीय नीति लागू गर्दै कूल मागलाई स्थिर बनाउँदै वित्तीय नीतिको संरचनात्मक विनिमयको श्रेष्ठता निर्वाह गर्दै जाने छ। यसमध्ये सबैभन्दा महत्वपूर्ण कुरा "शक्तिशाली प्रवर्द्धन"र"क्षमताको सुधार"हो। शक्तिशाली प्रवर्द्धन"मा करलाई हटाउने र वित्तीय व्ययलाई विस्तार गर्ने दुई मुख्य कार्य रहेका छन्। "क्षमताको सुधार"मा वित्तीय पूँजीको विभाजन क्षमता र वित्तीय पूँजीको प्रयोग क्षमतालाई उकास्ने नीति रहेको छ।

यसका अतिरिक्त आर्थिक परिस्थिति र विभिन्न पक्षको मागबमोजिम वित्तीय पूँजीको परिमाणलाई विस्तार गर्ने छ। गरिबी निवारण,"ग्रामीण क्षेत्र र कृषि व्यवसाय तथा किसान",संरचनात्मक समायोजन,बैज्ञानिक अभिनव,पर्यावरणीय संरक्षण,नागरिक जीवन आदि क्षेत्रको लगानीलाई विस्तार गरिनेछ। व्ययमा 5 प्रतिशतभन्दा बढी सामान्य वित्तीयलाई हटाइने र अपर्याप्त तथा अमान्य वित्तीय पूँजी रद्द गरिनेछ।

जानकारी तथा लेखहरु