फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विकास तथा सुधार कार्यमा चीनले द्दढ प्रयास गर्दै जाने

(GMT+08:00) 2019-01-15 17:00:10

        सन् 2019 मा चीनले निरन्तर लगानीको केन्द्रीय भूमिका निर्वाह गर्दै प्रत्यक्ष लगानी र प्रभावकारी लगानीलाई जोड दिँदै जाने छ। चीनको राष्ट्रिय विकास तथा सुधार परिषदका उपप्रमुख ल्यान वी ल्याङ्गले राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार यस वर्षमा नयाँ प्रकारको पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्दै कृत्रिम बौद्धिकता र औद्योगिक इन्टरनेट 5G को वाणिज्य प्रयोगलाई तिब्र बनाइने छ। साथै गरिबी निवारण,ग्रामीण क्षेत्रको पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्दै स्रोत,यातायात,जलस्रोत आदि महत्वपूर्ण प्रबन्धको निर्माणलाई मजबुत बनाइने छ। पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपको रोकथाम क्षमतालाई बढाइने छ। साथै निर्माण व्यवसायको प्रविधि र उपकरणलाइ पनि सुधार गरिनेछ।

जानकारी तथा लेखहरु