फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 मा चीनमा भित्रिएको विदेशी पूँजीद्वारा नयाँ रेकर्ड सिर्जना

(GMT+08:00) 2019-01-15 17:00:32

चीनको वाणिज्य मन्त्रालयको सबैभन्दा पछिल्लो तथ्याङ्कअनुसार सन् 2018 मा चीनले वास्तविक रुपमा 1 खर्ब 34 अर्ब 97 करोड अमेरिकी डलरको विदेशी पूँजी प्रयोग गरेको छ भने सन् 2017 को तुलनामा 3 प्रतिशतले बढेको छ। यसमध्ये सन् 2018 को डिसेम्बरमा वास्तविक रुपमा 13 अर्ब 71 करोड अमेरिकी डलरको प्रयोग गरेको छ भने सन् 2017 को सोही अवधिको तुलनामा 23.2 प्रतिशतले बढेको छ। चीनको वाणिज्य मन्त्रालयअन्तर्गत विदेशी पूँजी विभागका प्रमुख थाङ्ग वन हुङ्गका अनुसार चीनको निर्माण व्यवसायमा वास्तविक रुपमा विदेशी पूँजीको प्रयोग सम्बन्धमा तिब्र बृद्धि भएको देखिन्छ। सन् 2018 मा चीनको निर्माण व्यवसायले विदेशी पूँजीको प्रयोग गरेको मात्रा सन् 2017 को तुलनामा 20.1 प्रतिशतले बढेको छ। यसमध्ये उच्च प्रविधि निर्माण व्यवसायले विदेशी पूँजीको प्रयोग गरेको मात्रा सन् 2017 को तुलनमा 35.1 प्रतिशतले बढेको देखिन्छ।

सन्2018 मा चीनको मुख्य लगानी स्रोत मुलुकले चीनमा लगानी गर्ने राम्रो स्थितिलाई कायम राखेको छ। "बीआरआई"सम्बन्धी तटवर्ती मुलुक,युरोपेली संघका 28 मुलुक र आशियानले चीनमा लगानी गरेको वास्तविक पूँजी क्रमशः 13.2,22.6 र 13.8 प्रतिशतले बढेको छ। यसका अतिरिक्त चीनको मध्यपश्चिम भागमा विदेशी पूँजी भित्रिने पाइला तिब्र बन्दै गएको देखिन्छ।

जानकारी तथा लेखहरु