फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलो लगानी सम्मेलनपछि तीब्र रुपमा चिनियाँ लगानी भित्रिँदै

(GMT+08:00) 2019-01-15 17:02:57

नेपाल सरकारले दोस्रो लगानी सम्मेलनको तयारी गरिरहँदा पहिलो सम्मेलनमा प्राप्त १४ खर्बका आसयपत्रमध्ये ४ खर्बका आयोजनाको काम अघि बढिरहेको छ। यसरी अगाडि बढेका आयोजनाहरु अधिकांश चिनियाँ रहेका छन्। नेपालको लगानी बोर्डका अनुसार चीनको सिचुवान वाङपिङ इनर्जी साइन्स एड टेक्नोलोजीले २३५ मेगावाटको कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णालीको २०७४ को चैत २९ गते सर्भे अनुमतिपत्र (लाइसेन्स) विद्युत् विकास विभागबाट लिएको कारोबार अनलाइनले लेखेको छ। त्यसैगरी, गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपालले २०७४ साल वैशाख १० गते १२८ मेगावाटको डाँडागाउँ खलंगा भेरी, २०७४ साल पुस २४ गते २५६ मेगावाटको भेरी–२ र २०७५ साल जेठ १५ गते ४ सय मेगावाटको भेरी–१ जलविद्युत आयोजनाको सर्भे लाइसेन्स विद्युत् विकास विभागबाट लिएको बोर्डले जनाएको छ। त्यसैगरी लगानी सम्मेलनमा सहभागी चीनकै चाइना हारवोर इन्जिनियरिङ कर्पोरेसनले सालासुङगी पावर लिमीटेडसँगको ज्वाइन्ट भेन्चरमा ७८ मेगावाटको साञ्जेन खोलाको लाइसेन्स लिएको छ भने ६५० मेगावाटको तामाकोशी तेस्रो र ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजनामा पनि प्रस्ताव गरेको छ। पहिलो लगानी सम्मेलनलगत्तै परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देश र त्यहाँ लगानीकर्तालाई पत्र पठाउँदै जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले बारम्बार आशयपत्र अनुसारको लगानी भित्र्याउनका लागि पछ्याइ (फलोअप) गरिरहेको जानकारी दिनुभयो। पहिलो सम्मेलनमा सहभागी भएका लगानीकर्ता र कम्पनीहरूले नेपालमा मेट्रोरेल, मोनोरेललगायत इच्छा देखाएको पनि बोर्डले जनाएको छ। बोर्डका अनुसार पूर्व–पश्चिम नागढुंगा–धुलिखेलको सम्भाव्यता अध्ययनका लागि टेण्डर प्रक्रियामा समेत लगानीमा सम्मेलनमा सहभागीमध्ये सहभागी भएको पाँच कम्पनीले शिक्षा, स्वास्थ्य र खेलुकुद सहरको टेण्डर प्रक्रियामा तथा १० कम्पनीले पर्यटनसँग सम्बन्धित से–फोक्सुण्डो र एसकेआई रिसोर्टमा लगानीका लागि टेण्डरमा सहभागी भएको समेत बोर्डले जनाएको छ। पहिलो सम्मेलनको अनुभवको आधारमा ४ सय विदेशी लगानीकर्तासहित ६ सय सहभागितामा सम्भाव्य अध्ययन भइसकेका आयोजनाहरूलाई सोकेसमा रूपमा प्रस्तुत गरेर दोस्रो लगानी सम्मेलन आयोजना लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो।

उद्योग मन्त्रालय र लगानी बोर्डले आयोजना गरेको पहिलो सम्मेलनबाट ४ खर्ब रुपैयाँ बराबरका विभिन्न आयोजनाको लागि प्रक्रिया अघि बढिरहेको बोर्डले जनाएको छ। २०७३ चैत १८ र १९ मा भएको पहिलो लगानी सम्मेलनमा विभिन्न मुलुकका लगानीकर्ताले १३ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको आशयपत्र प्रस्तुत गरेकोमा पाँच जलविद्युत् आयोजनासहित विभिन्न परियोजनामा ४ खर्ब रुपैयाँ लगानीको लागि प्रक्रिया अघि बढेको हो। पहिलो सम्मेलनमा १४ खर्ब बराबरको आसयपत्र आए पनि लगानी नजुटेकोको अवस्थामा सरकारले दोस्रो लगानी सम्मेलनको घोषणा गरेको भन्दै आलोचना भइरहेको बेला लगानी बोर्डले यो परिमाणमा लागि प्रक्रिया अघि बढेको जनाएको छ। प्रतिशतको आधारमा पहिलो सम्मेलनको आशयपत्रको तुलनामा करिब ३० प्रतिशत हो। "१४ सय ३२ मेगावाट बराबरका ६ जलविद्युत् आयोजनासहित अन्य परियोजनाका लागि पहिलो सम्मेलनमा विदेशी लगानीकर्ताले दिएको आशयअनुसार ४ खर्ब रुपैयाँ बराबरको लगानीका लागि प्रतिवद्धता जाहेर गरेर प्रक्रिया नै अघि बढेको छ," लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भन्नुभयो, "लगानीको आशय दिएका अन्य लगानीकर्ताहरूसँग पनि नियमित रूपमा सम्पर्कमा रहेर काम अघि बढाइरहेका छौं।" उहाँका अनुसार आगामी चैत १५ र १६ गते हुने दोस्रो सम्मेलनका लागि पहिलो सम्मेलनमा जनाएको आशयपत्र र यसको प्रगतिसहित सबैलाई आमन्त्रण गरिएको छ। पहिलो सम्मेलनमा ८ देशका २६ कम्पनीले ऊर्जा, पर्यटन लगायतका १० क्षेत्रमा लगानीका लागि आशयपत्र व्यक्त गरेका थिए।

जानकारी तथा लेखहरु