फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नुवाकोट र धादिङमा आज ६५ हल गोरुको लडाइँ

(GMT+08:00) 2019-01-15 17:04:19

आज माघे संक्रान्तिका अवसरमा नुवाकोट र धादिङमा ६५ हला गोरु जुधाइँदै छ। परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा गोरु जुधाउने पर्व मनाइन्छ। यस वर्ष नुवाकोटको बेत्रावती, तारुका र घले गाउँमा ४७ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा १८ हल गोरु जुधाउनको लागि दर्ता भएका रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

'नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएका छन्,' समाजका अध्यक्ष बलराम न्यौपानेले भन्नुभयो। तारुका गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम पनि हुँदैछन्।

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो पर्व हो।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ। मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेका छन्।

प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ। विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ।

प्रतियोगितामा पहिलो हुने गोरुधनीलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

जानकारी तथा लेखहरु