फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेताहरु र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

(GMT+08:00) 2019-01-15 18:26:26

चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्ग र राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले आज जनवरी 15 तारिख पैचिङ्गमा फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा प्रधानमन्त्री लीका अनुसार चीनले फिनल्याण्डसँग निरन्तर रुपमा दुबै मुलुकबीचको सहयोगलाई प्रवर्द्धन गर्दै आपसी सम्बन्धमा नयाँ शक्ति पुर्‍याउँदै जाने छ। साथै‍ मालसामान, सेवा र प्रविधि सहयोगलाई गहन पार्दै जलवायु परिवर्तनको सामना, हरित विकास र सफा उर्जा आदि क्षेत्रमा दुबै मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै पारस्परिक तथा साझा हितका लागि प्रयास गर्ने आशा चीनले गरेको छ। राष्ट्रपति निनिस्टोका अनुसार फिल्याण्डले चीनसँग व्यवसाय विशेष गरी मझौला मध्य व्यवसायबीचको सहयोगलाई बढाउँदै संयुक्त रुपमा बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण गर्दै जाने आशा गरेको छ।

चिनियाँ राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष लीका अनुसार चिनियाँ जन काँग्रेसले फिल्याण्ड संसदका विभिन्न तहसँग कानुन, निगरानी तथा व्यवस्थापन र देशको शासन सम्बन्धी मैत्रीपूर्ण आदानप्रदानलाई कायम राख्दै जाने आशा गरेको छ। प्रत्युत्तरमा राष्ट्रपनि निनिस्टोले यस चीनको भ्रमणबाट फिल्याण्ड चीनबीचको नयाँ साझेदारी सम्बन्धको निर्माणलाई प्रवर्द्धन गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु