फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्य अन्तरिक्ष अन्वेषण गर्न विभिन्न मुलुकसँग सहयोग गर्ने चीनको इच्छा

(GMT+08:00) 2019-01-15 18:32:53

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले वैज्ञानिक तथा प्राविधिक प्रगतिले समस्त मानव जातिको शान्ति र साझा प्रगतिलाई सेवा प्रदान गर्नुपर्ने भन्दै चीनले अमेरिकालगायत विश्वका विभिन्न मुलुकसँग बाह्य अन्तरिक्ष अन्वेषण आदान-प्रदान र सहयोग गर्ने इच्छा लिएको विचार व्यक्त गर्नुभएको छ।

आज जनवरी पन्ध्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचारका अनुसार, चीनले छाङहो चार चन्द्रमाको जाँचका लागि प्रक्षेपण गर्नुअघि अमेरिकी राष्ट्रिय वैज्ञानिक र अन्तरिक्ष प्रशासन अर्थात नासाले अध्ययनमा सुविधा दिन छाङहो चार अवतरणको अक्षांश र देशान्तर र समय सूचि प्रदान गर्न चीनलाई आग्रह गरेको थियो। चीनले सम्बन्धित क्षेत्रमा सहयोग गरेको छ। सन् 2011 मा अमेरिकी संसदको स्वीकृति नहुँदा नासाले चीनसँग अन्तरिक्ष सहयोग गर्न निषेध भएको कानून पारित गरेपछि दुई पक्षले सम्बन्धित सहयोग गरेको यो पहिलो पटक हो। अमेरिकाले चीनको चन्द्रमाको जाँच कार्यक्रममाथि प्राविधिक बाधा लगाएको थियो र धेरै पटकमा चिनियाँ विशेषज्ञलाई अमेरिकी भिसा नदिएर दुई देशका अन्तरिक्ष विशेषज्ञबीचको आदान-प्रदानमाथि हस्तक्षेप गरेको थियो।

चीनको चन्द्रमाको जाँच कार्यक्रमका महाडिजाइनर ऊ वी रनले सीसीटीभीलाई अन्तर्वार्ता दिँदै चीनले अमेरिकालाई सम्बन्धित सूचना नदिन सक्ने तर ठूलो मुलुकको रुपमा रहेको चीनले ठूलो मुलुकको इशारा र सहनशीलता देखाउनुपर्ने दोहोर्‍याउँदै चीनको एयरोस्पेस कर्मचारी र अध्ययनकर्ताको आत्मविश्वास र खुला दिमाग देखिएको पनि प्रवक्ता ह्वाले बताउनुभयो।

जानकारी तथा लेखहरु