फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा अनलाइन फुड फेस्टिभल सुरु

(GMT+08:00) 2019-01-16 17:11:27

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले अनलाइन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ। अघिल्लो वर्षदेखि संचालन गरिएको अनलाईन फुड फेस्टिभलको सफलताबाट उत्साहित हुँदै यो वर्ष पनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समर्स्बीको सह प्रायोजनामा फेस्टिबल आयोजना गरिएको हो।

हिजो माघ १ देखि सुरु भएको अनलाइन फुड फेस्टिभल उत्सव माघ १० सम्म सञ्चालन हुने नेपाल खबर अनलाइनले लेखेको छ। फुडमाण्डुको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किनेछन्।

यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डु एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन्। यो उत्सव केबल फुडमाण्डुको मोबाइल एप्समा मात्र सञ्चालन गरिएको छ।

फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु.१ मा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेमेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सकिनेछ।

यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ। हरेक दिन १० जना ग्राहकहरुले रु. २५०० भन्दा माथिको अर्डरमा १८० एम.एल.को भोड्का(रुस्लान) पनि निशुल्क प्राप्त गर्ने छन्। साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ।

यस उत्सव अवधिभर फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ।

कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले अघिल्लो वर्षको सफलताबाट यो वर्ष पनि फेस्टिबल आयोजना गरिएको बताउनुभयो।

जानकारी तथा लेखहरु