फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोल्पामा सुन-तामा खानी उत्खनन् गर्ने उर्जामन्त्रीको घोषणा

(GMT+08:00) 2019-01-17 16:23:41

नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पा जिल्लामा सुन, तामा, र सिङ्गमर्मर खानी रहेकाले निजी क्षेत्रको लगानीमा उत्खननको प्रक्रिया अगाडि बढाइएको बताउनु भएको छ। माघी मेला तथा खेलकुद महोत्सवमा उहाँले जिल्लाका सबै वडामा विद्युत् विस्तार गर्ने गरी चालु आर्थिक वर्षमा रु २९ करोडको बोलपत्र भइसकेको र थप रु ३२ करोडकोसमेत बोलपत्र गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

रोल्पा जिल्लामा यातायात, सञ्चारजस्ता क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै विद्युत्‌लाईसमेत सँगसँगै जोड्न जरुरी रहेको मन्त्री पुनको भनाइ थियो।

सो कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको सहभागिता थियो।

जानकारी तथा लेखहरु