फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाउन्न बालबालिका हराए

(GMT+08:00) 2019-01-19 14:16:23

पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम बढ्दो छ। बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ। पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताउनुभयो।

हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर चार बालिका र ११ बालक अझै फेला नपरेको उहाँले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०७४÷७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए। हराउनेमा ४० बालक र ४३ बालिका थिए। हाराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो।

साथै बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न सङ्घ संस्थाको जिम्मा लगाएको थियो।

जानकारी तथा लेखहरु