फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतम बुद्ध विमानस्थल लुम्बिनीमा बौद्धमार्गी देशहरूबाट उडानको प्रस्ताव

(GMT+08:00) 2019-01-22 13:44:18

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीमा बौद्धमार्गी देशहरूबाट उडानको प्रस्ताव आएको छ। सरकारले पनि निर्माण सकिनासाथ अन्तर्राष्ट्रिय हवाई उडान तयारी गरेको जनाएको छ । उडान सञ्चालन गर्न चाहने विदेशी एयरलाइन्स कम्पनी र हवाई रुटका विषयमा सरकारले गृहकार्य थालेको हो। ०७६ असार १३ सम्म निर्माण सक्ने गरी विमानस्थल आयोजनाले काम गरिरहेको छ।

निर्माण अन्तिम चरणमा पुगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तयारीको गृहकार्य थालेको जनाएको छ । यहाँबाट कतै नरोकिईकन सीधै अन्तर्राष्ट्रिय उडान चलाउने निश्चित भइसकेको र यसबारे काम सुरु भइसकेको थाहा भएको छ। भारतले रुट दिँदैन कि भन्ने छैन । विमानस्थलबाट आउने/जाने दुवै उडान निर्बाध हुनेछन्। यसबारे डिजाइनका सबै काम भइरहेको र काम दु्रतगतिमा अगाडि बढिसकेको छ।

लुम्बिनीलाई लक्षित गरी निर्माण थालिएको विमानस्थल सक्नासाथ विश्वका अधिकांश बुद्ध धर्मावलम्बी मुलुक सीधा उडान सञ्चालनका लागि लालायित देखिएका छन्। ०५५ मा प्रथम विश्व बौद्ध शिखर सम्मेलनले जारी गरेको लुम्बिनी घोषणापत्रले तत्काल अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो। मन्त्री अधिकारीका अनुसार श्रीलंका, म्यानमार, चीन, जापान, थाइल्यान्ड, क्याम्बोडियालगायत भारतसमेत इच्छुक छ । कतार एयरवेजले पनि इच्छा जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु