फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली नयाँ वर्षको अवसरमा नेपालमा नै पहिलो पटक मिडिया प्रदर्शनी हुने

(GMT+08:00) 2019-01-24 14:41:31

नयाँ वर्ष वि‌क्रम सम्वत २०७६ को अवसर पारेर नेपालमा नै पहिलो पटक मिडिया प्रदर्शनी हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा चैत २९, ३० र वैशाख १ गते मिडिया प्रदर्शनी हुन लागेको हो। प्रर्दशनीको आयोजना एकेडेमी अफ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टले गर्न लागको हो। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी दिइयो।

परियोजना प्रमुख डम्बर शाहले नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनी नेपालको मिडिया क्षेत्रको समग्र विकास र बिस्तारको लागि महत्वपूर्ण हुने दाबी गर्नुभयो। प्रदर्शनीले मिडिया क्षेत्रका साना, ठुला सबै प्रकारका सरकारी, गैरसरकारी तथा निजी लगानीबाट संचालित र प्रसारित/प्रकासित सबै किसिमका सूचना/संचार/प्रबिधि सम्बन्धी कम्पनीहरु, संघसंस्था र लगानिकर्ता, प्रयोगकर्ता, नीति निर्माता, नियमक व्यक्ति तथा संघसंस्था, उत्पादन तथा खरिद/बिक्रिकर्ताहरु एउटै छाता मुनि आउने शाहले विस्वास व्यक्त्त गर्नुभयो।

नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनीका लागी बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले सहकार्य गरेका छन। नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक नेपाल संघ, नेपाल केबुल टेलिभिजन व्यवसायी महासंघ, नेपाल विज्ञापन संघ, जस्ता मिडियासँग सरोकार राख्ने संघ संस्थाहरु तथा नेपालको व्यावसायिक सम्बद्ध संघ संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र सिईओ क्लबलगायतको सहकार्य रहेको आयोजकले जनाएका छन्। नेपाल बिज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले मिडिया र बिज्ञापन सम्बन्धी यस्ता कार्यक्रमहरु सरकारले गर्नुपर्ने भन्दै सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले प्रयास गरेकाेमा सर्हाना गरे। उनले आयोजक संस्थालाई सबै प्रकारको सहयोग गर्न तयार रहेकाे र सफल पार्न प्रयास गर्ने बताए।

त्यसै गरी सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले एक्स्पोले रेडियो तथा टेलिभिजन क्षेत्रलाई नयाँ मोड दिने र प्रदर्शनीमा आउने दर्शकहरुले विश्वमा हाल प्रयोग भैरहेको उच्चतम मिडिया प्रबिधिहरुबारे जानकारि पाउने बताए। उनले सेवा प्रदायक कम्पनी तथा व्यावसायिक संघसंस्थाहरुले पनि स्वच्छ प्रतिस्पर्धात्मक वातावरण, नयाँ नयाँ उपकरण तथा सेवाहरुको प्रयोग, विश्व बजारको अवस्था, माग, खपत, आपुर्ति र आन्तरिक, क्षेत्रीय र बाह्य बजार व्यवस्थापनबारे जानकारी पाउने उपयुक्त थलो बन्ने विश्वास व्यक्त्त गरे।

आयोजक संस्थाका अनुसार प्रदर्शनीमा २३ देशका १५० भन्दा धेरै कम्पनी तथा संघ/संस्थाहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ नेपालखबर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु