फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक लगानी घट्यो

(GMT+08:00) 2019-01-24 14:44:47

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक लगानी घटेको छ । यस अवधिमा भित्रिएको ६ अर्ब ७८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा करिब ३९ प्रतिशतले कम हो । ०७४ को पहिलो पाँच महिनामा ११ अर्ब १२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रमा विदेशी लगानी भित्रने अनुमान गरिएका थियो । यद्यपि चालु वर्षको पाँच महिनासम्मको तथ्यांकले त्यो अपेक्षा पूरा नहुने विज्ञहरू बताउँछन् । चालु आर्थिक वर्षका गएका सबै महिनामा गत वर्षको सोही महिनाको भन्दा कम मात्र विदेशी लगानी नेपाल आएकाले अपेक्षित रूपमा एफडीआई आउन नसकेको पुष्टि हुने उनीहरूको भनाइ छ ।

मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा ठूलो मात्रामा लगानी घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गएको पाँच महिनाको तथ्यांकको आधारमा समग्र विदेशी लगानी घटयो भनेर विश्लेषण गर्न अप्ठयारो भए पनि एकै पटक ठूलो परिणाममा एफडीआई घट्नुलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने अर्थविद् केशव आचार्यले बताउनुभयो। नयाँ सरकार गठनपछि राजनीतिक अस्थिरतामा सुधारसँगै श्रम सम्बन्धित र इन्धनको समस्या समाधान भएकाले विदेशी लगानी बढ्नुपर्ने उनको अनुमान छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष १७ अर्ब ५१ करोड ५१ लख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो।अघिल्लो वर्षको तुलनामा यो २९.६८ प्रतिशतले बढेको हो । पछिल्ला वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको कान्तिपुरले जनाएको छ ।

जानकारी तथा लेखहरु