फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले बनाएको चक्रपथको कोटेश्वर-कलंकी सडक नेपाललाई हस्तान्तरण गरिँदै

(GMT+08:00) 2019-01-27 13:21:01

विस्तार भएको चक्रपथको कोटेश्वर-कलंकी खण्ड चीनले सोमबार नेपाललाई हस्तान्तरण गर्ने भएको छ। ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरणको तयारी भएको हो। सडकको विस्तारको सकिएसँगै यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ। तर, यो सडक वैज्ञानिक तवरले डिजाइन र निर्माण नभएको गुनासो पनि चर्को सुनिएको छ। सरकारले सर्भिस लेन निर्माणको काम भने सकाएको छैन।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो। चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ। त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी खण्ड विस्तारको काम सकिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केवशकुमार शर्माले जानकारी दिनुभयो।

आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ। सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो। ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बनेको थियो। सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो।

सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण भएको छ। चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास पनि बनाइएको छ। यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा हुने सवारी जामको घटेको अनलाइनखबरले जनाएको छ।

जानकारी तथा लेखहरु