फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँगको रसुवागढी नाकालक्षित नेपालतर्फको सडक स्तरोन्नति हुँदै

(GMT+08:00) 2019-01-27 13:22:13

चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम तत्काल सुरु हुने भएको छ । यो खण्डको स्तरोन्नतिको लागि चीनले टेण्डर गरिसकेको छ। अब काम थाल्न तयारी सुरु गरिएको सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख कुवेशकुमार शर्माले जानकारी दिनुभयो। अनलाइनखबरका अनुसार यो खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भएर विभागले त्यसलाई स्वीकृत गरेपछि चीनले टेण्डर गरेको थियो।

चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर लामो छ। चीनले यो सडक खण्ड दुई लेनमा विस्तार गर्ने गरी काम अघि बढाउन लागेको छ। हाल यो सडक खण्ड साँघुरो हुँदा रसुवागढीबाट समान लिएर आउने गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ। विभागमा अनुसार केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण छ। शर्माका अनुसार यो सडक चीनले अनुदान सहयोगमा बनाइदिन लागेको हो। विभागले हाल सडक सीमाभित्र रहेका घर टहरा हटाउने र विद्युतका पोल सार्ने लगायतका काम गरिरहेको छ। यो काम सकिएलगत्तै चीनले सडक निर्माणको काम सुरु गर्नेछ। चीनले स्याफ्रुसम्मको सडक निर्माणको ३ वर्षभित्र यो सडकको स्तरोन्नति सकाउने महाशाखा प्रमुख शर्माले बताउनुभयो।

नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ। तर, यो खण्डलाई पनि स्तरोन्न्ति गर्न बाँकी छ। हाल स्याफ्रुबेसीबाट धुन्चे हुँदै आउने सडकमार्गको स्तारेन्नती भइरहेपनि भूगलेका हिसावले यो निकै जटिल छ। यदि यो खण्ड पनि स्तरोन्नति भए चीनको रसुवागढी नाका पुग्न सहज किसिमको मार्ग तयार हुनेछ।

जानकारी तथा लेखहरु