फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाड सम्बन्धी सांस्कृतिक कार्यक्रम काठमाडौंमा

(GMT+08:00) 2019-01-27 19:04:47

रमाइलो वसन्त चाड, सांस्कृतिक कार्यक्रम आज दिउँसो काठमाण्डौमा शुरू भएको छ। चीनको हुनान प्रान्तबाट गएका अभिनेता अभिनेत्रीहरूले विभिन्न परम्परागत चिनियाँ नाचगान देखाएका छन्।

कार्यक्रम शुरू हुनुअघि नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नयाँ वर्षमा चीन र नेपालबीचको सम्बन्धबारे भन्नुभयो, 'चिनियाँ नयाँ वर्ष वसन्त चाड नेपालीहरूको दशैंजस्तै हो। आपसी पारिवारिक भेटघाट हुन्छ। म पनि शुभकामना दिन चाहन्छु।'

नयाँ वर्षसँगै नेपाल-चीन सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास गर्दै नेपालका लागि चिनियाँ राजदूत हौ यानछिले भन्नुभयो, 'चिनियाँ पात्रोअनुसार, सन् 2019 सुँगुर वर्ष हो। चिनियाँ सँस्कृतिमा सुँगुर सम्पत्ति, सौभाग्य र र साहसीको प्रतिक हो।'

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र नेपालको सिआरआई कन्फ्युसियस क्लासरूमले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन्।


1  2  
जानकारी तथा लेखहरु