फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चरणको चक्रपथ विस्तार परियोजना सम्पन्न, चीनद्वारा नेपाललाई हस्तान्तरण

(GMT+08:00) 2019-01-28 16:20:47

चिनियाँ सहयोगमा संचालित काठकाडौँको चक्रपथको पहिलो चरणको विस्तार परियोजना औपचारिक रुपमा सम्पन्न भएको छ। आज जनवरी २८ तारिख सोमबार चीन सरकारले चक्रपथ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रम सुरुहुनुभन्दा अगाडि चक्रपथ विस्तार परियोजनाको भिडियो प्रदर्शन गरिएको थियो। यो परियोजना सन् २०१३ मा सुरु भएको थियो।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत हौ यान छीले सन् २०१८ मा चीन र नेपालबीचको सम्बन्ध धेरै अगाडि बढेको बताउनुभयो।

सन् २०१९ तिर उन्मुख चीन-नेपाल युगौंयुगदेखि रहँदै आएको सम्पूर्ण समझेदारी सम्बन्ध अझ प्रगाढ र घनिष्ट हुँदै जाने उहाँले बताउनुभयो। विकासको नयाँ अवसर र बेल्ट एण्ड रोडको पूर्वाधारमा दुवै पक्षले आपसी सम्पर्कलाई अझ मजबुत पारी संस्कृति, उर्जा-स्रोत, यातायात, शिक्षा र व्यापार तथा उच्च तहको आवत-जावतलाई पनि अझ प्रबर्द्धन गर्दै जाने कुरामा राजदूत हौले जोड दिनुभयो।

चीन सरकार र चिनियाँ निर्माण कम्पनीलाई धन्यवाद दिँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन अशल छिमेकी मित्रराष्ट्र रहेको बताउनुभयो। नेपालको विकासमा चीनले गरिरहेको सहयोगप्रति उहाँले धन्यवाद पनि प्रकट गर्नुभयो। चक्रपथ विस्तारको दोस्रो चरणको परियोजना पनि चाँडै सुरु हुने र समयमै सम्पन्न हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो।

हालै सम्पन्न भएको चक्रपथ विस्तार परियोजना कलंकीदेखि कोटेश्वरसम्मको लम्बाई १०.३९५ किलोमिटर रहेको छ।

जानकारी तथा लेखहरु