चीनको परम्परागत पर्व बसन्त चाड नजिकिँदै आएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले पैचिङमा सर्वसाधारणसँग भेटेर उनीहरुलाई सान्त्वना दिनुका साथै चीनका विभिन्न जातिका जनतालाई मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। आज फेब्रअरी एक तारिख विहान महासचिव सी चिन फिङ पैचिङमा रहेको छ्येन मनको पूर्वी क्षेत्रमा गएर गल्लीबाट यहाँको दृश्यको अवलोकन गर्नुभयो। उहाँले पैचिङबासीको घरमा गएर सान्त्वना दिएर उनीहरुको जीवन स्थितिबारे जानकारी लिनुभयो। उहाँले सर्वसाधारणसँग मम खाँदै कुराकानी गर्नुभयो।