फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जीत

(GMT+08:00) 2019-02-04 13:43:06

नेपालले पहिलो टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। यूएईलाई अन्तिम खेलमा १४ रनले पराजित गर्दै २-१ ले शृंखला आफ्नो पक्षमा पारेको नेपालले ऐतिहासिक सफलता हात पारेको हो। वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ९० रनमात्रै बनाउन सक्यो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। नेपालका अविनाश बोहरा, ललितनारायण राजवंशी र करण केसीले २-२ विकेट लिए। नेपालका लागि पारस खड्काले सर्वाधिक २९ रन जोडे।

गत शुक्रबार भएको शृंखलाको पहिलो खेल नेपाल २१ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले खेल ३ विकेटले जित्दै शृंखला बराबरी गरेको थियो। सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेपनि जित्न सकेको थिएन्।

२०१४ मा नै नेपालले हङकङसँग श्रीलङ्कामा चारवटा टि–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। जसका सुरुवाती तीन खेल वर्षाको कारण रद्द भए भने अन्तिम खेलमा हङकङले नेपाललाई २ विकेटले पराजित गरेको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृंखला खेलेको थियो। जुन शृंखला नेपालले ३–१ ले गुमाएको थियो। सुरुवाती तीन खेल नेदरल्याण्ड्सले जितेपछि अन्तिम खेल नेपालले ३ विकेटले जितेको थियो।

जानकारी तथा लेखहरु