फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र

(GMT+08:00) 2019-02-04 13:45:37

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ । विमानस्थल निर्माणको २५ प्रतिशत काम पूरा भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी कामले गति लिएको आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिनुभयो ।

यसअघि पोखरामा आयोजित एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको अवधिभन्दा ६ महिनाअघि नै तयार हुने दाबी गर्नुभएको थियो। मन्त्री अधिकारीको दाबीअनुरूप नै विमानस्थल ६ महिनाअघि नै तयार हुने आयोजना प्रमुख मुनकर्मीले बताउनुभयो।

नयाँ पत्रिका अनलाइन अनुसार विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले विमानस्थलको रनवेमा अन्तिम लेयर ढलान गर्ने काम धमाधम चलिरहेको छ । तीन तहको ढलान गर्नुपर्ने र तेस्रो चरणको ढलानको पनि १० प्रतिशत काम सकिएको आयोजना प्रमुख मुनकर्मीले बताउनुभयो। जहाज पार्किङ गर्ने स्थल निर्माणको काम पूरा भएको छ । रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न ११ भवन निर्माण कार्य एकसाथ भइरहेको छ ।

निर्माण सम्झौताअनुसार असारसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्य हो । आयोजना प्रमुख मुनकर्मीले त्योभन्दा धेरै काम सम्झौता अवधिमा भइसक्नेछ। उहाँका अनुसार अहिले निर्माण कार्यमा दैनिक तीन सय ५० जना कामदार खटेका छन् ।

जानकारी तथा लेखहरु